सेन्ट जेभियर्स साहित्यिक क्लब

रचना पठाउँदा ध्यान दिनुपर्ने कुराहरु :

  • १) वर्ष २०७३ लाई यस क्लबले कविता वर्षको रुपमा मनाइरहेको छ ।
  • २) यस वर्ष लेखकले कवितामात्र पठाउन पाउनेछ । गद्य वा पद्य कुनै पनि शैलीलाई प्राथमिकता दिइनेछ ।
  • ३) छनोट समूहबाट छानिएका कविता यस वेभसाइटमा प्रकाशित हुनेछन् र प्रकाशित कवितामात्र सेन्ट जेभियर्स साहित्य पुरस्कारका निम्ति योग्य हुनेछ ।
  • ४) एक पटकमा कविले एउटामात्र कविता पठाउन पाउनेछ र एक जनाको एउटामात्र कविता प्रकाशित हुनेछ ।
  • ५) अरुको कविता परिमार्जन वा अनुवाद गरेर पठाइएका प्रकाशित हुने छैन ।
  • ६) अन्य पत्र पत्रिका, वेभसाइट, किताबमा प्रकाशित कविता पनि पठाउन पाइनेछैन । कविता विशुद्ध आफ्नो सृर्जना हुनुपर्दछ ।
  • ७) रचना फोटो खिचेर / टाइप गरेर sxc.literary@gmail.com वा क्लब व्यवस्थापन समिति / सभापतिलाई बुझाउन सकिन्छ ।