सेन्ट जेभियर्स साहित्यिक क्लब

के हो कवि गोष्ठि ?

कवि गोष्ठी सेन्ट जेभियर्स कलेज माइतिघरमा प्रत्येक वर्ष आयोजना गरिने साहित्यिक कार्यक्रम हो । यो कार्यक्रम सेन्ट जेभियर्स साहित्यिक क्लबको नेतत्वमा निरन्तर रुपमा अघि बढ्दै आएको छ । क्लबले यसलाई एउटा महान पर्वको रुपमा मनाउँदै आएको छ । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाको सहज प्रस्फुटन गर्ने सुवर्ण अवसरका रुपमा यो दिनलाई लिइन्छ । यस दिनमा विशेषत कविता प्रतियोगितको आयोजना गरिन्छ र उत्कृष्ट कविलाई सम्मान गरिन्छ । यसका साथै विशिष्ट कवि, कलाकार, साहित्यकारहरुको आमन्त्रणामा कविताहरु गाउने पनि गरिन्छ ।

उद्देश्य

  • कविता वाचन, प्रतियोगिता र सम्मान गरि कविता विद्याको उत्थान गर्नु,
  • उत्कृष्ट कवि र कविताहरुको खोजी गर्नु,
  • विद्यार्थीमा अन्तनिर्हित रहेका साहित्यिक प्रतिभाको सहज प्रस्फुटनका लागि,
  • देशका विशिष्ट कविकलाकारहरुको कविता सुन्ने सुवर्ण अवसर मिलाउनु,
  • संवेदनशीलता र संवेगात्मक भावनाका विकास गर्नु,
  • विद्यार्थीहरुमा भाषा, साहित्यप्रति अभिरुचि जगाउने प्रयास गर्नु,
  • उत्कृष्ट कवि र कविताहरुको खोजी गर्नु ।