सेन्ट जेभियर्स साहित्यिक क्लब

सेन्ट जेभियर्स साहित्यिक क्लब

‘चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात’को (महाकवि देवकोटा) मूल नारा लिएको सेन्ट जेभियर्स साहित्यिक क्लब सेन्ट जेभियर्स कलेजको सक्रिय क्लबहरुमध्ये एक हो । साहित्यिक अध्ययन, लेखाइ र साहित्यको अभिव्यक्तिलाई हामीले मुख्य आधार बनाई अघि बढेका छौं । विद्यार्थीहरुको साहित्यप्रतिको झुकाव र सक्रियताका कारण दुई दशकभन्दा लामो यात्रामा हामीले स्फूर्तिपूर्ण साथ पाइरहेका छौं । अङ्ग्रेजी र नेपाली दुवै भाषालाई समान प्राथमिकता दिँदै आएका हामीले साहित्यका बहुआयामिक पक्षहरुलाई समेट्दै आएका छौं ।

उद्देश्य

हरेक व्यक्तिभित्र श्रृजनात्मक पक्ष अवश्य हुन्छ । मञ्च, प्रेरणा र जागृतिको अभावमा त्यो खुल्न पाउँदैन । तिनै प्रतिभालाई सही अवसर र मञ्च दिनमा हामी सदा तत्पर छौं । समग्रमा, हामीले निम्नलिखित उद्देश्य पूरा गर्ने अपेक्षा राखेका छौं

  • विद्यार्थीहरुमा भाषा र साहित्यप्रति अभिरुचि जगाउन सहयोग गर्ने,
  • साहित्य, कला र भाषाका विविध मूल्य र आयाम बुझाई कला र साहित्य सम्बन्धी परिचित गराउने,
  • विद्यार्थीहरुमा सोच, विचार, धारणा र प्रतिभालाई व्यक्त गर्न मञ्च प्रदान गर्ने श्रृजनात्मकतालाई खुल्न दिने,
  • साहित्य र कलामय वातावरणको श्रृजना गने,
  • समूहमा आबद्ध भई आफूलाई प्रस्तुत गर्ने कलाको विकास गर्ने,
  • साहित्य मार्फत् समाजलाई अग्रगामी परिवर्तनतर्फ डो¥याउन मद्दत गर्ने ।

कार्यक्रम

साहित्य लेखनका साथसाथै तिनको प्रस्तुति पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । त्यसैले हामीले साहित्य लेखन लगायत वाचन प्रतियोगिताहरुलाई समान महत्व दिई तिनको आयोजना गर्दै आएका छौं । उत्कृष्ट लेखहरुलाई क्लबको ब्लगमा प्रकाशित गर्दै लेख र प्रतिभालाई व्यापक पाठकसामु पु¥याउन हर प्रयासमा जुटेका छौं । साथै, वर्षभरिको उत्कृष्ट चित्रकला र फोटोग्राफीलाई सम्मानित समेत गर्दै आएका छौं । नाटकको परिचय दिन क्लब सदस्यहरुलाई नाटक हेर्न समेत संलग्न गरिँदै आएको छ । यसैगरी साहित्यिक स्रष्टाहरुका सिर्जनाहरु वाचन तथा कलेजका विभिन्न तहका विद्यार्थीहरुका बीचमा कवितात्मक प्रतिस्पर्धा गराई सम्पन्न गरिने ‘कवि गोष्ठी’ यस क्बलको मात्र नभई सेन्ट जेभियर्सकै विशिष्ट कार्यक्रम मध्ये एक मानिन्छ । कलेजभित्र छुट्टै पहिचान बनाउन सफल यस कार्यक्रमले गत वर्ष भव्यताका साथ अठारौं श्रृंखला पार गरेको थियो । मुख्यतया हामीले आयोजना गर्दै आएका कार्यक्रमहरु यस प्रकारका छन् –

  • निबन्ध लेखन प्रतियोगिता
  • कथा लेखन प्रतियोगिता
  • भाषण प्रतियोगिता
  • कविता वाचन प्रतियोगिता
  • फोटोग्राफी प्रतियोगिता
  • कवि गोष्ठी

खेम प्रसाई Moderator

थापाथलि, काठमाडौं

poudel_devendra@yahoo.com

२०६५ सालेदेखि अध्यापनमा लागेका गुरु खेम प्रसाई २०६५ सालयता सेन्ट जेभियर्ससँग आवद्य छन् । नेपालीमा एम.ए सम्म शिक्षा पूरा गरेका उनी कलेजको पाठ्यपुस्तक प्रकाशनमा समेत कार्यरत रहेका छन् । साहित्यले दिमागलाई फराकिलो र जीवनलाई सहज र परिपक्व बनाउँछ भन्ने उनी सोच राख्दछने । साहित्यलाई जीवनको परिभाषा मान्ने उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।

देवेन्द्र पौडेल Moderator

कटेुन्जे, काठमाडौं

khem_prasain@yahoo.com

अध्यापनमा १५ वर्षदेखि कार्यरत देवेन्द« पौडेल २०६५ सालदेखि सेन्ट जेभियर्समा पढाउँदै आएका छन् । एम. ए र एम एड पूरा गरेका उनले सरलतालाई जीवनको सर्वोच्च स्थानमा राख्दछन् गीत, गजल, कविता र निबन्धमा रुचि राख्ने उनको विभिन्न लेख रचना प्रकाशन भएका छन् । साहित्य सस्तो मनोरञ्जनका लागि नभई जीवन र समाजका लागि हुनुपर्छ भन्ने विश्वास उनको छ ।

Zealation Shah Moderator

Koteshwor,Kathmandu

zealation@gmail.com

सिद्धान्त र दर्शनमा विशेष अभिरुचि राख्ने उनी अध्यापन क्षेत्रमा १९ वर्षदेखि कार्यरत हुनुहुन्छ । जान्दै र खोज्दै मानिसले आफूलाई पाउँछ भनी विचार राख्ने शाह जीवनलाई ज्ञान र सत्यवाद बीच रहेको सूक्ष्म अन्तरको बाह्य गणना मान्नुहुन्छ ।

Sateesh Kumar Shukla Moderator

Gatthaghar,Kathmandu

shsardar@gmail.com

अध्यापन क्षेत्रमा १९ वर्षको अनुभव बोकेका उनी सङ्गीत, अध्ययन र भ्रमणमा विशेष रुचि राख्दछन् । उनका समाजिक अनुसन्धानात्मक लेखहरु प्रकाशित भएका छन् । भविष्य आफ्नै कादमा हुने हुनाले अवसरहरुको सदुपयोग गर्नुपर्ने कुरामा जोड उनको छ ।

Khusboo KC Moderator

Balkhu,Kathmandu

preetykhusi@gmail.com

अध्ययन र भ्रमण गर्न विशेष सोख राख्ने उनी विगत ६ वर्षदेखि अध्यापनमा कार्यरत छिन् । जीवन एक सुन्दर फूलबारी रहेको सोच राख्ने उनी साहित्यले आफूलाई जीवन रङ्गीन बनाउन मदत गर्ने विश्वास राख्छिन् ।


विविध सुवेदी अध्यक्ष

वानेश्वर, काठमाडौं

bibidhsubedi@gmail.com

आफैं फिक्सन लेखक विविध, यो संसार नै एक टुक्रा साहित्य रहेको मान्दछन् ।

श्रृजा दाहाल उपाध्यक्ष

चाबहिल, काठमाडौं

beingshreeja@gmail.com

जीवनलाई सदा सकरात्मक पक्षले हेर्ने उनी, साहित्यले जीवन र संसारलाई स्पष्ट तुल्याउने कुरामा विश्वास गर्छिन् ।

आयुष पौडल उपाध्यक्ष

गौशाला, काठमाडौं

aayush.ripoff@gmail.com

मानिस केवल विचार र अनुभवका मूर्त रुप हन् भन्ने धारणा लिएका आयुष, आफूलाई तिनै मानिसमध्ये एक ठान्दछन् ।

टुनिशा ज्ञवाली सचिव

मिनभवन, काठमाडौं

gyawalitunisha@gmail.com

टुनिशा भन्छिन् साहित्य तिम्रो हाम्रो वैयक्तिकता हो र जीवरुपी साहित्यका हामी कहिले श्लोक हौं, कथा हौं त कहिले नाटक।

रित क्षेष्ठ कोषाध्यक्ष

भैंसेपाटी, काठमाडौं

rit_shrestha@yahoo.com

मानिसले आफ्नो विकासलाई नै आफ्नो सोख मान्नुपर्छ भन्ने सोच लिएकी रित, अङ्ग्रेजी साहित्य लेखनतर्फ झुकाव राख्दछिन् ।

सोबिता न्यौपाने प्रवक्ता

सूर्यविनायक, काठमाडौं

001shobitaneupane@gmail.com

घुम्न रुचाउने सोबिता आफ्नो परिचय मानिसले भनेर भन्दा केही गरेर दिनु उचित ठान्दछिन् ।